रसियाद्वारा विशेषाधिकार प्रयोग



दमास्कस, (एजेन्सी)
रसियाले शनिबार दोस्रोपटक सिरियामा भएको रसायनिक हातहतियार आक्रमणमाथिको अन्तर्राष्ट्रिय अनुसन्धानका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पारित गर्न सक्ने प्रस्तावनाविरुद्ध विशेषाधिकार प्रयोग गरेको छ।

यस अनुसन्धानका लागि गठित संयुक्त संयन्त्रको म्याद शुक्रबार मध्यराति सकिएकाले जापानले सो म्याद ३० दिनका लागि थप्न राखेको प्रस्ताव मस्यौदा रसियाले अस्वीकार गरेको हो। पश्चिमी राष्ट्रहरूले रसियाको यस कदमको भत्सर्ना गरेका छन्।

आफ्नो गठबन्धनमा परेको राष्ट्र सिरियामा गृहयुद्ध शुरू भएयता रसियाले योसमेत एघारपटक त्यहाँको मामिलामा विशेषाधिकार प्रयोग गरिसकेको छ। रसियाले बिहीबार उक्त संयन्त्रको वैधानिकता एक वर्षका लागि विस्तार गर्न अमेरिकाद्वारा लिखित मस्यौदा अस्वीकार गरेको थियो।

सिरियामा सयौं व्यक्तिको ज्यान जाने गरी भएको रसायनिक हतियार आक्रमणका पीडकहरूको पहिचानका लागि सन् २०१५ मा सो संयन्त्रको स्थापना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्