राजीनामा दिन अस्वीकार



हरारे, (एजेन्सी)
लामो समयदेखि जिम्बावेको राष्ट्रपति रहँदै आएका रोवर्ट मुगावेले तत्कालै राजीनामा दिन अस्वीकार गरिरहेको समाचार बाहिर आएको छ। उनलाइ हालै सेनाले अपदस्थ गरेको हो। उनीमाथि राजीनामाका लागि निरन्तर दबाब बढिरहेको छ। बुधबार सेनाले राजनीतिमा हस्तक्षेप गरेपछि ९३ वर्षीय मुगावेलाई नजरबन्दी बनाइएको थियो।

अब सत्तामा को पुग्ने भन्नेबारे व्यापक अनुमान गरिन थालेको छ। शुक्रबार सेनाले मुगावेसँग वार्ता भइरहेको जनाएको छ। सेनाले मुगावे वरपरका अपराधीहरूलाई गर्ने कारबाहीमा प्रगति भइरहेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्