ओडीसी र स्किब्स च्याम्पियन



 

काठमाडौं, (नेस)
ओडीसी इन्टरनेसनल एकेडेमी, स्किब्स र एन्जल लर्डले प्रथम हेम्स कप थ्री अन थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगताको उपाधि बिहीबार जितेका छन्। ओडिसी सिनियर ब्वाइज, स्किब्स सिनियर गल्र्स र एन्जल लर्ड जुनियर ब्वाइजमा च्याम्पियन बने। रातोपुलस्थित आयोजक हेम्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ओडिसीले ग्रिनल्यान्डलाई २१–१२ ले पराजित गर्यो। ग्रिनफिल्ड तेस्रो भयो।

त्यस्तै सिनियर गल्र्सको उपाधि भिडन्तमा स्किब्सले जेनिथलाई ८–४ ले हरायो। ग्रिनल्यान्डले तेस्रो स्थानमा चित्त बुझायो। जुनियर ब्वाइजको फाइनलमा एन्जल लर्डले पिपुल्स एकेडेमीको चुनौती १२–८ ले समाप्त पार्यो। ग्रिनफिल्ड तेस्रोमै चित्त बुझायो।

प्रतिक्रिया दिनुहोस्