मायांका, माहिका र अभिलाषाको जित



 

काठमाडौं, (नेस)
नेपाल प्रहरीका मायांका राणा र माहिका राणा तथा नेपाली सेनाकी अभिलाषा विष्टले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार दोहोरो जित हात पारेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–२ र ६–२ तथा एपीएफकी एनी माथेमालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरिन्। माहिकाले एपीएफकी इन्द्रकला श्रेष्ठ तथा सेनाकी इरा रावतलाई समान ६–० र ६–० को सीधा सेटमा सहजै हराइन्। अभिलाषाले इरालाई ६–४ र ६–३ तथा एपीएफकी भगवती विकलाई ६–२ र ६–० को सोझो सेटमा हराइन्।

प्रतिक्रिया दिनुहोस्