एसिया कप सेमिफाइनल: नेपाल-अफगानिस्तान भिड्दै (LIVE)



काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

बिहीबारको पहिलो सेमिफाइलनमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा पुग्न सफल भएको छ ।

२०१२ देखि यू-१९ एसियाकप खेल्न सुरु गरेको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारत र मलेसियालाई हराउँदै नेपालले सेमिफाइलनमा स्थान बनाउँन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्