कसले पुष्टी गर्ने ?



 

निकै लामो राजनीतिक रस्साकसी र राजनीतिक भागबण्डापश्चात गत असारमा मित्रराष्ट्र बहराइनका लागि पदम सुन्दास राजदूत नियुक्त भए। उनीसहित विभिन्न १२ मुलुकले यही वर्ष नयाँ राजदूत पाएको छ। नयाँ जिम्मेवारी पाएका अधिकांशले दशैंअघि नै औपचारिक रूपमा कार्यभार सम्हालिसकेका छन्।

सुन्दास भने त्यो मामिलामा पछि परेछन्। नियुक्ती लिएको ४ महिनापछि मात्रै उनले सो मुलुकका लागि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको धरहराले थाहा पायो। यही बुधबार सुन्दासले बहराइनका राजा हअमद विन इसा अल खलिफा समक्ष प्रमाणपत्र बुझाएको व्यहोरा परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ।

त्यसो त अन्य मुलुकका नयाँ दूतलाई राष्ट्राध्यक्ष वा सरकार प्रमुखले समय तोकेपछि मात्रै प्रमाणपत्र बुझाउने चलन छ। ढिलै भए पनि प्रमाणपत्र बुझाएका छन्, उनलाई कार्यकालको शुभकामना। गत वर्ष बहराइनकै लागि दूत सिफारिस भएर नियुक्ती लिन नपाएका उनै सुन्दास हुन्। तर चन्द्रमा दाहिना भएपछि कसको के नै लाग्छ र ? जे भाग्यमा लेख्या थियो, त्यति भयो यसपटक।

सुन्दासले ढिलै भए पनि प्रमाण बुझाएको पुष्टी गर्दै परराष्ट्रले जारी गरेको विज्ञप्तीको मिति चाहिँ कसले पुष्टी गर्नुपर्ने हो, धरहराले बुझ्न सक्या छैन।

 

प्रतिक्रिया दिनुहोस्