केशवको नेतृत्वमा तेक्वान्दोको ३ नम्बर प्रदेश



 

काठमाडौं, (नेस)
केशव पुरीको अध्यक्षतामा नेपाल तेक्वान्दो संघको ३ नम्बर प्रदेशको प्रस्ताविक कमिटी गठन भएको छ। बुधबार ललितपुरको जाउलाखेलमा भएको ३ नम्बर प्रदेशको भेलाले पुरीको अध्यक्षतामा २५ सदस्यीय ३ नम्बर प्रदेश प्रस्ताव गरेको हो। भेलाले ५ उपाध्यक्षमा राजनसिंह भण्डारी, डीआईजी माधव नेपाल, दीपक मलहोत्रा प्रकास खड्गी र मिनबहादुर थापालाई चयन गरेको छ। अन्य पदाधिकारी महासचिवमा रमेश खड्का, सचिवमा राजेश प्रजापति, कोषाध्यक्षमा किरण थापा र सह–कोषाध्यक्षमा हरिहर ढुंगाना रहेका छन्।

अन्य सदस्यमा कविराज नेगी लामा, बसन्ती डंगोल, सुवास श्रेष्ठ, श्रवणकुमार जीसी, सुमन पराजुली, निर्मल लामा, टोनिल कर्माचार्य, नरेन्द्र थापा, दिल महर्जन, मनोज खड्गी, सोभितमान गिरी, आयाषा शाक्य, विक्रम खड्गी, राजेन्द्र खत्री र वीरमान स्याङ्तान रहेका छन्। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्