गज्जबको दोस्ती



 

नेपालको राजनीतिमा अनेकथरी घटना भइरहेका हुन्छन्। भनिन्छ– राजनीतिमा कोही परम् मित्र र परम् शत्रु हुँदैन। धरहराले हिजोआज फेसबुकमा एउटा फोटो निकै भाइरल भइरहेको देखेको छ, त्यो हो भरतपुर महानगरको मतपत्र च्यात्ने द्रोण शिवाकोटी र देवी ज्ञवालीले अँगालो हालेर खिचेको फोटो। यो देखेपछि भने माथिको उखान सही हो भन्ने विश्लेषणमा धरहरा पुगेको छ।

शिवाकोटी त्यही व्यक्ति हुन् जसले भरतपुर महानगरको चुनावमा मतपत्र च्यातेका थिए। मेयरका उम्मेदवार देवी ज्ञवाली उनले मतपत्र च्यातेकै कारण आफ्नो हार भएको भन्दै हिँड्ेका थिए। तर, अहिले उनैसँग अँगालो हालेर खिचेको फोटो बाहिर आएको छ। भनिन्छ– राजनीति फोहोर खेल हो। फोहोरी खेल हो भन्दैमा आफ्नो स्वार्थका लागि जे पनि गर्न हुन्छ भनेर सायद शिवाकोटी र ज्ञवाली महाशयले सोचेका होलान्। यदि हो भने यो धरहरालाई चाहिँ अलि हजम भएन है। जेहोस् उनीहरूको ‘गज्जबको दोस्ती’ कम हाँसो उठ्ने विषयचाहिँ होइन। कि कसो पाठकवृन्द ? सल्लाह सुझाव पाउँ है।

प्रतिक्रिया दिनुहोस्