ट्रेल रेसमा राई पहिलो



धन बस्नेत, पोखरा

पोखराको रानीपौवा स्र्पोट्स सेन्टरले यहाँ पहिलो पटक आयोजना गरेको ट्रेल रेसमा सोलुखुम्बुका सुमनकुलुङ राई पहिलो भएका छन्। काहुनडाँडामा भएको प्रतिस्पर्धामा उनले १३ किलोमिटरको दूरी १ घण्टा दुई मिनेटमा पूरा गरेका थिए।

प्रतियोगितामा उनले नगद ५ हजार गरी तथा ओभरअलको विजेता स्वरुप २० हजार गरी २५ हजार रुपियाँ पाएका छन्। प्रतियोगितामा हेमराज थापाले १ घण्टा ५ मिनेट ११ सेकेन्डमा पूरा गर्दै दोस्रो बने। १७ सेकेन्डले पछि पर्दै दामोदर बुढामगर भने तेस्रो स्थानमा चित्त बुझाए। उनले निर्धारित दूरीलाई १ घण्टा ५ मिनेट २८ सेकेन्ड लगाए।

यसैगरी महिलातर्फको प्रतिस्पर्धामा हुमी बुढामगर प्रथम भइन्। उनले १ घण्टा ३३ मिनेट १५ सेकेन्डको समय लगाइन्। त्यसैगरी सुष्मिता भट्टराईले १ घण्टा ४४ मिनेट १३ सेकेन्ड समयमा दोस्रो र सजिना तामाङ १ घण्टा ५४ मिनेटमा तेस्रो भएका हुन्। शीर्ष तीनले क्रमशः ५, ३ र २ हजार नगदसहित बोनस रकमसमेत प्राप्त गरेका थिए।

प्रतियोगितामा विभिन्न देशका १ सय खेलाडीहरुको सहभागिता रहेको आयोजक सेन्टरका राजीव श्रेष्ठले जानकारी दिए। सोही अवसरमा अन्तर्राष्ट्रिय ट्रेल रेस धाविका मिरा राईलाई नगदसहित सम्मानित गरिएको थियो।

प्रमुख अतिथिका रुपमा आएकी राईलाई नगद ५० हजारसहित सम्मानित गरिएको थियो। महिलातर्फ २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। ७ किलोमिटरको ट्रेल फन रेससमेत आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्