नाडालको शीर्ष स्थान सुरक्षित



पेरिस, (एजेन्सी)
स्पेनका स्टार टेनिस खेलाडी राफाल नाडालले यस वर्षको अन्त एटीपी रेन्किङमा विश्व नम्बर एक खेलाडीबाट समाप्त गर्ने भएका छन्। नाडालले पेरिसमा जारी पेरिस मास्टर्स टेनिसअन्तर्गत क्वार्टरफाइनलबाट नाम फिर्ता लिए पनि उनको शीर्ष स्थान सुरक्षित नै रह्यो। स्विस खेलाडी रोजर फेडेररले पेरिस मास्टर्स नखेल्ने भएपछि नाडाल विश्वको नम्बर एक टेनिस खेलाडी बन्ने तय भएको हो।

३१ वर्षीय नाडाल एटीपीको ४४ वर्षको इतिहासमा शीर्ष खेलाडीमा पुग्ने पहिलो पाको उमेरका खेलाडीसमेत बनेका छन्। नाडालले शुक्रबार नै क्वार्टरफाइनलमा सर्बियाका फिलिप क्रायिनोभिचसँग खेल्नुपर्ने थियो। तर उनले घुँडाको चोटको कारण प्रतियोगिता छाड्नुपरेको बताएका थिए। तर उनले बताए– ‘म धेरै खुसी छु। यो साल सानदार रह्यो। एक वर्षअगाडि मैले सोचेको पनि थिएन कि म फेरि शीर्ष स्थानमा पुग्नेछु। अहिले सिजन पनि सकिएको छैन।’

प्रतिक्रिया दिनुहोस्