मनाङमा नेपालकै थोरै मतदाता



नवीन लामिछने, मनाङ
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ३ हजार ४ सय मतदाता संख्या रहेको यस जिल्लाको स्थानीय निर्वाचनमा ५ हजार ९५ जना थिए। हाल ७ सय ८६ जना मतदाता थपिएर कुल ५ हजार ८ सय ८१ मतदाता पुगेको छ। नेपालकै कम मतदाता भएको यस जिल्लामा मुख्य दुई दलको उम्मेदवारी परेको छ।

संघमा प्रत्यक्षतर्फ नेपाली कांगे्रस मनाङका सभापति एवं पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेकपा एमालेका अध्यक्ष पाल्तेनछोपाङ गुरुङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली कांगे्रस र एमालेबीच रस्साकस्सी देखिएको छ। ४ वटा गाउँपालिका रहेको मनाङ जिल्लामा स्थानीय निर्वाचनमा दुई⁄दुई गाउँपालिका जितेका यी दुवै पार्टी संघ र प्रदेशमा पूरै जिल्ला आफ्नो पोल्टमा पार्न निकै कसरत गरेका छन्।

प्रदेश क्षेत्र ‘क’ मा कांग्रेसका चिन्तबहादुर र एमालेका धोर्जेढोङ्गेल गुरुङ त्यस्तै प्रदेश क्षेत्र ‘ख’ मा कांग्रेसका कर्मा गुरुङ र राजीव गुरुङ (दीपक मनाङे) बीच चुनावी प्रतिस्पर्धा हुनेछ। एमालेले आफ्नो पार्टीको उम्मेदवार खण्डा लामाको उम्मेदवारी फिर्ता लिई राजीव गुरुङलाई समर्थन गरेको अवस्थामा कसले बाजी मार्छ हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्