नेपाल टिम च्याम्पियन



 

काठमाडौं, (नेस)
इन्डो नेपाल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । बुधबार लैनचौरस्थित राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षण केन्द्रमा भएको एकदिने च्याम्पियनसिपमा नेपालले १९ स्वर्ण, १६ रजत र ४२ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो । पाहुना टोली भारतले ४ स्वर्ण, ६ रजत र २ कांस्य पदक जितेको थियो । नेपालको लागि स्वर्ण जित्नेमा सिनियर पुरुषतर्फ ४५ केजीमुनि धनबहादुर तामाङ, ५५ केजीमुनि चिरन बुढामगर, ६० केजीमुनि विष्णु घर्तिमगर र ६५ केजीमुनि रबिन बुढामगर रहेका थिए ।

जुनियरतर्पm नेपाललाई स्वर्ण दिलाउनेमा ३५ केजीमुनि अनिष शिब, ३० केजीमुनि बेगम छन्त्याल, २५ केजीमुनि सुनिल छन्त्याल र ४० केजीमुनि विवस तामाङ रहे । काठमाडौं जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय आइटिएफ तेक्वान्दो संघको सह–आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ नेपालको लागि २५ केजीमुनि अस्मी तामाङले स्वर्ण चुमिन । त्यस्तै ४० केजीमुनि जुना बिके, ४५ केजीमुनि सांग्मो तामाङ, ५० केजीमुनि कृष्मा बुढामगर र ६५ केजीमुनि सृष्ठि बलले नेपालको स्वर्णसंख्यामा थप योगदान दिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजु श्रेष्ठ,संघका अध्यक्ष चेतनराज गीरी र प्रमुख प्रशिक्षक विश्व श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्