डरपोक आयोग



 

सरकार अहिले अराजक अवस्थामा छ। उसले जे मन लाग्यो त्यही गर्दै आएको पनि छ किनकि अहिले सरकारलाई अंकुश लगाउने संसद् पनि छैन। निर्वाचनको मिति घोषणा गरेपछि कर्मचारी सरुवा गर्न नपाइने नियम कता कता लेखेको पनि देखेको धरहराले यो सरकारलाई चाहिँ त्यो नियम लागू नभएको देखेर तीन छक्क परेको छ।

सरकारले ३ सय २ प्रहरी निरीक्षकको एकैपटक सरुवा गरेर आफ्नो असली रूप देखाएको छ। त्यो निर्वाचन आयोग भन्ने प्राणी पनि अचम्मकै रहेछ। सरकारले जे जे भने पनि हुन्छ हुन्छ भने पाइटमा सु सु गरिरहने हैन के भाका हुन आयोगका माननीयहरू पनि धरहराले केही बुझ्न सकेको छैन। तपाईंले केही बुझेको भए जानकारी पाऊँ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्