फेडेररलाई यो वर्ष सातौं उपाधि



 

लन्डन, (एजेन्सी)
स्विजरल्यान्डका रोजर फेडेररले अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोलाई हराएर स्विस इन्डोर्स टेनिसको उपाधि जितेका छन्।
यो उपाधि जिते पनि फेडेररले आगामी साता हुने पेरिस मास्टर्सबाट नाम फिर्ता लिएर वर्षको अन्त्यमा विश्व नम्बर एक हुने अवसर गुमाए।

फेडेररले डेल पोट्रोलाई ६–७, ६–४, ६–३ ले हराएर विश्व नम्बर एक राफाल नाडालसँग अंकदूरी छोट्याएका थिए। तर, ३६ वर्षीय खेलाडीले आगामी प्रतियोगितामा नखेल्ने भएपछि नाडाललाई राहतसमेत मिलेको सञ्चारमाध्यमले जनाएको थियो। बसेलमा पाएको सो उपाधि फेडेररको आठौं हो भने यस वर्षमा उनले जितेको सातौं उपाधि थियो। डेल पोट्रोले गत साता स्टकहोममा उपाधि जितेर लगातार अर्को उपाधि जित्ने लक्ष्य लिएका थिए। तर, १९ ग्रान्डस्लाम उपाधिका धनी फेडेररविरुद्ध उनले पहिलो सेट जितेर पनि खेल गुमाउन पुगे।

ब्रेकरमा यो उपाधिसँगै फेडेररले करिअरमा ९५ उपाधि जितेका छन्। पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्ने सूचीमा अमेरिकाका जिमी कोनर्स अग्रस्थानमा छन्। ७०, ८० दसकका खेलाडी कोनर्सले कुल १ सय ९ उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्