नेपालको पहिलो खेल आयोजकसँगै



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालको यु १९ राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा यसै साता शुरू हुने एएफसी यु १९ फुटबल च्याम्पियनसिपको समूह चरण छनोट खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ।

छिरिङ लोप्साङको नेतृत्वमा रहेको नेपाली टोलीले समूह ए अन्तर्गत आयोजक किर्गिस्तान, ओमान, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपालले भोलि किर्गिस्तानसँग पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ। त्यस्तै नोभेम्बर २ मा बहराइन, नोभेम्बर ४ मा यूएई र नोभेम्बर ८ मा ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

अर्पण कार्कीको कप्तानीमा रहेको टोलीमा प्रिजन तामाङ, अभिषेक बराल, विश्व उदास, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, आकास श्रेष्ठ, एरिक विष्ट, रेजीन सुब्बा, धिराज श्रेष्ठ, सुरज ठकुरी, राजेश परिवार, मनिष थापा, सोजित गुरुङ छन्।

प्रतिक्रिया दिनुहोस्