बुद्धिले दिलाए नेपाललाई स्वर्ण



 

काठमाडौं, (नेस)
भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

९० केजी तौल समूहमा कार्कीले १ सय ६० केजी भार वहन गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन्। उनले भारतीय खेलाडीहरूलाई पछि पारेका थिए। सन् २०१५ मा दिल्लीमा नै भएको विश्व पावरलिफ्टिङमा पनि बुद्धिले रजत पदक प्राप्त गरेका थिए। यसअघि सोही प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु छोराले पदक प्राप्त गरेको इतिहास रच्न सफल भएका थिए। ज्ञानेन्द्रले मास्टरतर्फ रजत र रोजिनले कांस्य पदक हात पारेका थिए। ७५ केजीमा प्रतिस्पर्धा गरेका प्रकाश केसीले भने कुनै पदक प्राप्त गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्