‘मृत्युपछि पनि वरिपरिका क्रियाकलाप महसुस गर्न सकिन्छ’



एजेन्सी  । मृत्युपछि के हुन्छ भन्ने आजसम्म कसैले पत्ता लगाउन सकेको छैन । तर यससम्बन्धी वर्षौँ लगाएर अनुसन्धान गरिरहेको न्यूयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिनले नयाँ खुलासा गरेको छ ।

उनीहरुको टीमले लामो समयदेखि यसको अध्ययन गरिरहेको थियो । त्यसैक्रममा उनीहरुले मरेपछि पनि केही समयका लागि मृत मानिसले वरिपरि भइरहेका घटनाको आभास गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । डाक्टर सेम पर्नियाका अनुसार मृत्यु हुनासाथै मुटुको धड्कन रोकिन्छ र दिमागमा रगत पुग्न सक्दैन । तर कतिपय त्यस्ता घटना पनि फेला परेको जसमा मृत्युको केही समयसम्म मानिसले सबैकुरा महसुस गरिरहेको हुन्छ ।यस अनुसन्धानका लागि उनीहरुले हृदयघातका कारण मृत्यु भए लगत्तैका मानिसहरुको अध्ययन गरेका थिए । उनीहरुलाई मृत घोषित गरिसकेपछि पनि उनीहरु पछि जीउँदो भएका थिए । यस्तोमा तिनीहरुसँग गरिएको कुराकानी र अनुभूतिबाट यो कुरा साबित भएको अनुसन्धानकर्ताले बताए । चिकित्सकले आफैँ मृत घोषित गरिसकेता पनि उनीहरुले वरिपरि भइरहेका केही सटिक घटनाबारे बताउन सकेका थिए । मृत घोषित भइसकेकाले त्यस्तो अनुभव गर्नु असम्भव रहेको डाक्टर सेमले बताएका हुन् । यस्तै अनुसन्धानबाट उनको टिमले मृत्युपछि पनि केही बेर दिमाग र शरीरका कोषहरु सक्रिय रहने खुलासा गरेको हो ।

उता अर्को युनिभर्सिटीका वैज्ञानिकले भने मानिसको मृत्यु हुनासाथै दिमाग मर्ने बताएका दाबी गरेका छन् । उनका अनुसार दिमागमा एउटा विशेष तत्व हुन्छ जुन मानिसको मृत्यु हुनासाथै विनाश भइदिन्छ र मानिसको दिमागका सबै कोषहरु मर्छन् । त्यसैले उनले डाक्टर सेमको टिमले गरेको दावीमाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्