सुधारोन्मुख हुँदै छन् सरकारी अस्पताल



 

प्रशान्त वलीपछिल्लो समयमा सरकारी अस्पतालहरुमा केही सुधारका लक्षणहरु देखिन थालेका छन्। पूर्णतः सुधार नभए पनि क्रमिक परिवर्तन हुन थालेको छ। विगतमा सरकारी अस्पतालहरुले मनपरी शुल्क लिने, बिरामीमैत्री व्यवहार नगर्ने प्रवृत्ति थियो। सरकारले प्रत्यक बिरामीलाई निःशुल्क उपचार भने पनि त्यसो हुन सकेको छैन।

संवाददाता एक दिन नेपालकै सरकारी पुरानो ठूलो वीर अस्पताल बस्ने अवसर पाएको थियो। अस्पतालको २ सय ९४ नम्बरको बेडमा बिरामी हेरचाहका लागि बस्दा निकै परिवर्तन देख्न पाइयो। सोचेको थिएँ सरकारी अस्पतालहरु अझै फोहोर छन्, राम्रो सेवा दिँदैनन्, महँगा छन्, नर्सको व्यवहार निकृष्ट हुन्छ।

तर, पछिल्लो समय सरकारी अस्पतालमा सुधारात्मक परिवर्तनहरु देखिएका छन्। ती परिवर्तनलाई यसरी उल्लेख गरिएको छ।

१ धेरै रकम तिर्नुपर्ने बाध्यताको बिस्तारै अन्त्य हुँदै गएको छ। अस्पतालमा पुग्दा विगतमा निकै पैसा तिर्नुपर्छ भन्ने धारणा थियो।

२. अस्पतालको फोहोरलाई व्यवस्थित गरिएको देख्ने अवसर मिल्यो। पहिले–पहिले फोहोरको डुंगुर देखिन्थ्यो भने अहिले त्यति फोहर देखिँदैन। र, फोहोरलाई वैज्ञानिक तवरबाट वर्गीकरण गरेको देखियो। प्रत्यक वार्डमा फोहोर फाल्ने डस्टबिन राखिएको पाइयो।

३. बिरामी भएको वार्डमा समयमै विशेषज्ञ डाक्टरहरु पुग्ने गरेको देख्न पाइयो। डाक्टरहरु समयमा अस्पताल नपुग्दा बिरामीको अकालमै ज्यान जाने र बिरामीले पीडा सहेर डाक्टर कुर्नुपर्ने बाध्यता थियो। अस्पताल प्रशासन बिरामी केन्द्रित हुँदा कुरुवालाई मेरो बिरामी के हुन्छ भन्ने टाउको दुखाइ बिस्तारै कम हुँदै गएको छ।

४. अस्पतालले भर्ना भएका बिरामीका लागि खानाको व्यवस्थासमेत गरेको रहेछ। जसले गर्दा बिरामीका कुरुवालाई खाना लिएर आउनुपर्ने बाध्यता टरेर गएको छ।५. अप्रेसनपूर्व २⁄३ दिनअगाडि बिरामीलाई वार्डमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गर्नु अस्पतालको राम्रो पक्ष लाग्यो। जसले गर्दा बिरामी स्वस्थ हुन र डाक्टरहरुको निगरानीमा बस्न मद्दत पुर्याउँदो रहेछ। यद्यपि चुनौतीहरु पनि छन्। सरकारले स्वास्थ्य सेवा निःशुल्क भनिसकेको छ। कार्यान्वयनका लागि अस्पताल प्रशानसले समेत गुरुयोजना बनाउनुपर्छ। अस्पताललाई बिरामीमैत्री बनाउन अस्पतालको प्रत्येक बैठक वा छलफलमा योजना बनाएर दृढरूपमा कार्यान्वयन गर्नुपर्छ। भनिन्छ डाक्टर र नर्सको हेराइ, व्यवहार र मुस्कानले बिरामी आधा निको हुन्छ।

प्रतिक्रिया दिनुहोस्