फोवीलाई फिल्मबाट पछुतो



ओमशंकर श्रेष्ठ

अमेरिकी अभिनेत्री, मोडल तथा गायिका फोयवी केट्स मोडलिङबाट करियर शुरू गरिन्, फिल्ममा जम्प गरिन् र फिल्मको खेलेकोममा पछुतो पनि मानिनन् । उनको मोडलिङ र फिल्मी यात्रा जति रोचक थियो, त्यही नै कष्टपूर्ण पनि थियो ।

उनको जन्म सन् १९६३ को १६ जुलाईमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो । उनको पूरा नाम फोयवी वेल्ले कैट्स हो । उद्यमीसमेत रहेकी उनले असीको दशकमा फास्ट टाइम्स एट रिड्जमोन्ट हाइ र ग्रम्लिन्सलगायत थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् । उनी टेलिभिजन तथा ब्रोडवे प्रडक्सन समूहमा संलग्न परिवारमा जन्मेकी थिइन् ।

केट्सले हेविट स्कुल, प्रोफेसनल चिल्ड्रेन्स स्कुल र जुल्लियार्ड स्कुलमा अध्ययन गरेकी थिइन् । दश वर्षको उमेरमा उनी नर्तक बन्न चाहेकी थिइन् ।

उनी लिली र जोफ केट्सकी छोरी हुन् । उनका माता पिताले द डलर ६४,००० क्ेवस्न नामक चर्चित टेलिभिजन कार्यक्रमको शुरूआत गरेका थिए । उनका पितासँग मिलेर उनका स्वर्गीय काका गिल्वर्ट केट्सले पनि थुप्रै विशेष टेलिभिजन कार्यक्रम बनाएका थिए । साथै तिनीहरूले वार्षिक एकेडेमी अवार्ड्स कार्यक्रम पनि चलाउने गर्दथे । उनका पिता र मावलीतर्फकी बजै रुसी यहुदी थिए । यसै गरी उनको मावलीतर्फको बाजे चिनियाँ फिलिपिनो थिए । उनकी आमाको चीनको सांघाईमा जन्म भएको थियो ।

केट्सले हेविट स्कुल, प्रोफेसनल चिल्ड्रेन्स स्कुल र जुल्लियार्ड स्कुलमा अध्ययन गरेकी थिइन् । दश वर्षको उमेरमा उनी नर्तक बन्न चाहेकी थिइन् । अन्ततः उनले स्कुल अफ अमेरिकन ब्याल्लेटमा छात्रवृत्ति पनि पाइन् । तर १५ वर्षको उमेरमा घुँडामा गम्भीर चोट लागेपछि उनले डान्सिङ करियर नै त्यागिदिइन् । उनले त्यसपछि केही समय व्यावसायिक मोडलको करियर अघि बढाइन् । उनी मोडलिङमा सफल भए पनि उनले यस
पेसालाई रुचाइनन् ।

उनले भनेकी थिइन्– ‘मोडलिङमा बारम्बार त्यही काम दोहोरिन्थ्यो । केही समयपछि मैले पैसाका लागि मात्र मोडलिङ गर्न थालें ।’ मोडलिङ करियर त्यागेपछि उनले अभिनयलाई रोजिन् । उनको पिता आफैं पनि एक कलाकार भए तापनि उनी आफ्नी छोरीको अभिनय करियरप्रति त्यति उत्साहित थिएनन् ।

उनले १८ वर्षको उमेरमा प्याराडाइज नामक फिल्ममा अभिनय गरिन् । साराह नामकी युवतीको भूमिका निर्वाह गर्ने क्रममा उनले त्यसमा थुप्रै नग्न दृश्य पनि दिइन् । सो फिल्मको कथावस्तु उनीद्वारा नै अभिनित अर्को फिल्म द ब्ल्यु लागुनसँग मिल्दोजुल्दो थियो । उनले त्यो फिल्मको प्रमुख गीत पनि आफैंले गाएकी थिइन् । पछि उनले सोही गीतको नाममा एल्बम रेकर्डसमेत गराएकी थिइन् ।

सन् १९८२ मा अन्तर्वार्ता दिने क्रममा उनले करियर परिवर्तन गर्दा निकै गाह्रो भएको बताएकी थिइन् । मोडल रहँदा उनी क्यामरा कन्सस हुने गर्थिन् । तर मुभी क्यामराको चुनौती सामना गर्न उनलाई निकै गाह्रो भएको थियो ।

सन् १९८२ मा अन्तर्वार्ता दिने क्रममा उनले करियर परिवर्तन गर्दा निकै गाह्रो भएको बताएकी थिइन् । मोडल रहँदा उनी क्यामरा कन्सस हुने गर्थिन् । तर मुभी क्यामराको चुनौती सामना गर्न उनलाई निकै गाह्रो भएको थियो । पछि केट्सले फिल्ममा खेलेकोमा पछुताउ समेत गरिन् । उनले भनिन्– ‘त्यस्तो फिल्ममा फेरि कहिल्यै नखेल्ने पाठ सिकें ।’
उनको सहकर्मी कलाकार विल्ली आमिजले पनि उनले प्याराडाइजमा अभिनय गरेर खुसी हुनुको सटा दुःखी भएको बताएका थिए । सन् १९८२ मा उनले फास्ट टाइम्स एट रिड्जमोन्ट हाइमा खेलिन् । रोलङ स्टोनले उनले यस फिल्ममा खेलेर निकै रमाइलो गरेको लेखेको थियो । त्यसपछि सन् १९८३ मा उनले सेक्स कमेडी फिल्म प्राइभेट स्कुलमा अभिनय गरिन् । त्यसमा म्याथ्यु मोडाइन र बेट्सी रस्सेल सहकलाकार रहेका थिए ।

उनले यस फिल्मका लागि जस्ट वन टच र हाउ डु आई लेट यु नो बोलका दुई गीत गाएकी थिइन् । उनका पछिल्ला फिल्महरू निकै शिष्ट युवा दर्शकप्रति केन्द्रित रहेका थिए । यसका उदाहरण ग्रेम्लिन्स र सन् १९९१ को ड्रप डेडलाई मान्न सकिन्छ । सुन्दर अनुहारकी धनी उनको तस्वीर सेभेन्टिन, टाइगर बिट र टिन बिटलगायत अन्य थुप्रै पत्रिकाको
मुख पृष्ठमा छापिएको थियो ।

उनले सन् १९८४ मा सर्ली कोन्नरानद्वारा लिखित उपन्यासमा आधारित टेलिभिजन मिनी सिरिज लेसमा पनि अभिनय गरेकी थिइन् । फिल्महरूमा भन्दा भिन्न खालको अभिनयका लागि त्यसमा उनले लिलीको भूमिका निर्वाह गरेकी थिइन् । अडिसनको बेला लेखक निकै प्रभावित भएपछि उनी सो भूमिकाका लागि छनोट भएकी थिइन् । पात्रको क्रूर भूमिकामा खेले पनि उनी दर्शकको सहानुभूति बटुल्न सफल भएकी थिइन् । दिमागमा पात्रको अचल छाप बस्ने डरले उनले कोनरानको सो उपन्यास पढेकी थिइनन् । सन् १९९३ मा टिभी गाइडले लेसमा उनले बालेको डाइलग ‘तिमीहरू कुकुर्नीमध्ये मेरी आमा कुन हौ ?’ टेलिभिजनको इतिहासमै सबैभन्दा बढी चलेको जनाएको थियो ।

सन् १९८५ मा उनले डेविड हेनरी ह्वाङद्वारा लिखित अफ ब्रोडवे इन रिच रिलेसन्स र सन् १९९४ मा सत्य घटनामा आधारित रोमान्टिक कमेडी ड्रामा प्रिन्सेस क्यारावुमा अभिनय गरेकी थिइन् । आफ्ना सन्तान हुर्काउन उनले सन् १९९४ मा अभिनयबाट संन्यास लिएकी थिइन् । तर सन् २००१ मा फास्ट टाइम्स एट रिड्जमोन्ट हाइका सहकर्मी कलाकार तथा आफ्नी बेस्ट फ्रेन्ड जेन्निफर ज्यासन लेइगको निर्देनमा बनेको फिल्ममा खेल्नका लागि उनी अभिनयमा फर्किन् ।

असीको दशकको शुरूमा उनी तत्कालीन ब्वाइफ्रेन्ड स्टाभ्रोस मर्जोससँग ग्रिनविच भिलेजको एउटा अपार्टमेन्टमा सँगै बस्ने गरेकी थिइन् । सन् १९७९ मा आफ्नो परिवारिक साथी एन्डी वार्होलसँग एक रात स्टुडियो ५४ मा जाँदा उनको मर्जोससँग पहिलोपटक भेट भएको थियो । सन् १९८३ मा द बिग चिलको एउटा भूमिकाका लागि अडिसनको बेला उनको अभिनेता केभिन क्लाइनसँग भेट भयो । आफूभन्दा १६ वर्षले जेठो भए पनि उनको क्लाइनसँग प्रेम बस्यो । सन् १९८९ मा तिनीहरूको विवाह भयो । त्यसपछि छोरा ओवेन जोसेफ क्लाइन र छोरी ग्रेटा सिमोन क्लाइनसँगै यो दम्पती न्युयोर्क सिटीमा रहन थाले ।

आफ्ना मातापितासँगै ओवेन र ग्रेटाले पनि सन् २००१ मा फिल्म द एनिभर्सरी पार्टीमा अभिनय गरेका थिए । ओवेन सन् २००५ मा पुनः द स्क्विड एन्ड दि ह्वेलमा देखा परे । ग्रोले भने स्टेज नेम फ्रान्की कसमस राखेर म्युजिक करियर शुरू गरिन् । सन् २००५ मा केट्सले न्युयोर्कको म्यडिसन एभेन्युमा ब्ल्यु ट्री नामक आफ्नै बुटिक खोलिन् ।

प्रतिक्रिया दिनुहोस्