करिश्मा र सलोन साथी मात्रै !



फिल्म क्षेत्र यस्तै रहेछ । यहाँ न स्थायी मित्र हुन्छन्, न स्थायी शत्रु नै । हिजोको मित्र आजको शत्रु, हिजोको प्रेमी वा प्रेमिका आजको केवल साथी । हुइयाँले यस्तो उदाहरण धेरै भेटेको छ । पछिल्लोपटक हुइयाँले नायिका करिश्मा श्रेष्ठ र नायक सलोन बस्नेतलाई हिजोका प्रेमी वा प्रेमिका आज केवल साथीमा सीमित भएको भेटेको छ ।

करिश्मा श्रेष्ठ फिल्ममा नायिकाका रूपमा देखिन थालेदेखि नै हुइयाँले उनी र सलोनलाई नजिक भएको पाएको थियो । उनीहरूको निकटतालाई देखेर हुइयाँ पक्का भएको थियो कि उनीहरूबीच प्रेम चक्कर चलिहरको छ । भएको थियो पनि त्यस्तै । सलोन जहाँ पुग्थे, सँगै करिश्मालाई पनि देख्थ्यो हुइयाँ । जुन फिल्मी कार्यक्रममा सलोन हुन्थे, करिश्मा पनि उनीसँगै पुगेकै भेटिन्थिन् । अरूले त सलोन र करिश्मा कार्यक्रममा सँगै गएको मात्र देख्थे । यो अदृश्य हुइयाँ भने बिनाकार्यक्रम पनि यो जोडीलाई सँगै टाइम शेयर गरिरहेको भेट्थ्यो ।

हुइयाँ खुसी छ सलोनको संलग्नतामा उनका पिता निर्देशक शोभित बस्नेतले बनाइरहेको फिल्म बाबुकान्छामा यो जोडीले एकसाथ काम गर्दै छ । तर दुःखी पनि छ हुइयाँ । किनभने करिश्माले हालै मात्र कतै भनेको सुनियो– ‘हाम्रो ब्रेकअप भइसक्यो । हामी अब साथी मात्र हौं । कतिपय कुराहरू मिल्दो रहेनछ । त्यसैले हामीबीच ब्रेकअप भयो ।’ करिश्माको कुरामा सही थाप्दै सलोनले पनि आफूहरूबीच ब्रेकअप भएको सुनाएपछि हुइयाँलाई भने खल्लो लागेको छ । तर त्यसमा उनका पिता निर्देशक शोभित बस्नेतले सलोनलाई ‘तैंले मैले जति गर्लफ्रेन्ड पनि बनाउन सकिनस्’ भनेर हप्काउँदा भने हुइयाँलाई ताज्जुब लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्