निस्कोटको बराहताल पर्यटकको पर्खाइमा



 

प्रताप बानियाँ
घना वनजंगलको बीच भाग। केही मानव बस्ती रहेको ठाउँ र लोभलाग्दो दृश्य। निकै आकर्षक, सुन्दर अनि मनमोहक देखिने बराहताल पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको आँखैअगाडि सेताम्मे हिमालको लस्कर देखिने निस्कोटको बराहतालले पर्यटकलाई पर्खिरहेको छ।

पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा अवस्थित बराहताल वर्षौंदेखि पर्यटकको पर्खाइमा रहेको हो। साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने गाउँको शिरमा अवस्थित बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा समेत रहेको छ। झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ। समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइको बराहताल र तालको आसपासबाट मनोरम हिमशृंखलाहरू देखिन्छ।

त्यहाँबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका आधा दर्जनबढी हिमाल र दृश्यहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।
बराहतालमा वनजंगल र हिमालहरू देखिने प्रतिबिम्ब (छायाँ) निकै आकर्षक अनि मनमोहक लाग्छ। हिमालको वरिपरि लुकामारी खेलिरहने बादलुको घुम्टोले अझै सुन्दरता थपिरहेको हुन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृश्यले सबैलाई अचम्मित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्न भनेर त्यहाँ पुग्ने गरेका छन्। तालको छेउछाउमा पुगेर ताल र हिमालहरू हेर्दा थकानको विश्रामको अनुभूति हुन्छ।

बराहतालमा वनजंगल र हिमालहरू देखिने प्रतिबिम्ब (छायाँ) निकै आकर्षक अनि मनमोहक लाग्छ। हिमालको वरिपरि लुकामारी खेलिरहने बादलुको घुम्टोले अझै सुन्दरता थपिरहेको हुन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृश्यले सबैलाई अचम्मित बनाउँछ। तालको छेउछाउमा पुगेर ताल र हिमालहरू हेर्दा थकाने विश्रामको अनुभूति हुन्छ।

गाउँबाट करिब आधा घण्टाको दुरीमा रहेको ताल स्थानीयका अनुसार झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको बताइएको छ। वनजंगलको बीच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पातपतिंगरहरू नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रीडा गर्न आउने गरेको तालको विशेषता रहेको छ। छिमेकी जिल्ला बागलुङको ताराखोला धुरी जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्त्वको बराहतालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ। तालनजिकै एउटा तामाको घैंटो (चिन्नो) समेत रहेको छ। स्थानीयका अनुसार उक्त घैंटो राणाशासनकालमा लुकाइएको हुँदा पछि ढु·ा फुटाउँदा भेटिएकोले संरक्षण गरी राखिएको छ।

यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी जिल्लाको सिमानामा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ। यसै गरी चालु आर्थिक वर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायतका शीर्षकमा ५ लाख रुपियाँ बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताउनुभयो। तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा सयौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्त्याउन सकिने उहाँले बताउनुभयो।

बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको दिगो विकास गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले बताउनुभयो। उहाँका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ। गाउँको शिरबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने वडा सदस्य पुन बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्