स्मार्ट टिभी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता कुरामा ख्याल गर्नुहोस्



काठमाडौं ,

पछिल्लो समय नेपालमा पनि विश्वस्तरका अत्याधुनिक टेलिभिजन सेटहरु बजारमा आईपुगेका छन । काठमाण्डौ उपत्यकामा मात्रै होईन पोखरा भरतपुर वुटवल बिरगंजदेखी देशका अन्य साना ठुला शहरमा यस्ता टेलिभिजनमा आर्कषक स्वरुपमा शो रुमा सजाएर राखिएका हुन्छन । एउटै स्वरुपमा धेरै प्रकारका टेलिभिजन सेटहरु राखेको देख्दा ग्राहकहरुलाई लाग्छ कुन टेलिभिजन उत्तम होला । यस्तो अन्योलताकाबीच टेलिभिजन क्रेताले नयाँ टेलिभिजन किन्दा थप बुद्धिमता देखाउनुपर्ने हुन्छ ।

स्मार्ट टिभीमा उत्कृष्ट श्रव्य–दृश्य सामग्रीको मज्जा लिन सकिने भएकाले बजारमा यस्ता टेलिभिजन सेटको माग बढ्दो छ । त्यसमा पनि चाडपर्व लक्षित गरी खरीदमा विभिन्न अफर, छूटका कारण नयाँ टीभी किन्ने लहर नै चल्न थालेको छ । यस्तो अवस्थामा आम ग्राहककालागी केही महत्वपूर्ण र जान्नैपर्ने जानकारी बिश्वभक्त दुलालले प्रस्तुत गरेका छन । हेर्नुहोस सबैभन्दा राम्रो स्मार्ट टिभी कसरी छनौट गर्ने रु

इन्ब्युल्ट भिडियो फाइल टाइप प्रोशेसर चिप

टीभी खरीद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष यसले प्रस्तुत गर्ने दृश्यको गुणस्तर हो । अधिकांश मानिस यही फिचरका कारण आकर्षित भई एलईडी टीभी किन्ने गर्छन् । आफूले खरीद गर्न लागेको टीभीमा इन्ब्युल्ट ९पहिले नै समावेश गरिएको० भिडियो फाइल टाइप प्रोशेसर चिपको सुविधा भएरनभएको निक्र्योल गर्नुपर्छ । यसका लागि सीधै विक्रेतासँग सोध्न सकिन्छ । ब्राण्डेड टीभीमा त्यसको फिचरका बारेमा स्पष्ट उल्लेख गरिएको ब्रोसर (जानकारी पुस्तिका) को समेत व्यवस्था गरिएको हुन्छ । यसबाट पनि टीभीमा रहेका विशेषताबारे विस्तृत जानकारी लिन सकिन्छ । साथै, टीभी सेटको पछिल्लो भागमा रहेको प्यानलमा समेत भिडियो प्रोशेसर ट्याग हेरेर इन्ब्युल्ट भिडियो फाइल टाइप प्रोशेसर भएरनभएको स्पष्ट हुन सकिन्छ ।

इमेज रिजोल्युशन

दृश्यको गुणस्तरपछि ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण विषय इमेज ९तस्वीर० रिजोल्युशन हो । एचडी टीभीमा यसैको आधारमा टीभीमा प्रस्तुत हुने दृश्य कत्तिको स्पष्ट हुने थाहा पाउन सकिन्छ । त्यसैले, उत्कृष्ट दृश्य गुणस्तरका लागि सकेसम्म करीब १ हजार ८० पिक्सेल रिजोल्युशनसहितको टीभी खरीद गर्नु राम्रो हुन्छ ।

आवाजको गुणस्तर

एचडी एलईडी टीभी खरीद गर्नुपूर्व त्यसले सम्प्रेषण गर्ने आवाजको गुणस्तरबारे ध्यान दिनु पनि आवश्यक हुन्छ । अहिले बजारमा उपस्थित अधिकांश एचडी टीभीका निर्माताले ‘५।१ च्यानल डोल्बी डिजिटल साउण्ड इफेक्ट’ प्रणालीको सुविधा आफ्ना टीभीमा उपलब्ध गराउँदै आएका छन् । यसले उच्च गुणस्तरको आवाज प्रस्तुत दिन्छ । एलईडी टीभीमा डोल्बी डिजिटल प्रविधिले दिने आवाजको गुणस्तर अन्यको तुलनामा राम्रो हुने निर्माता कम्पनी तथा व्यवसायीहरू बताउँछन् । त्यसैले, अन्य प्रविधिका टीभीभन्दा यो प्रविधियुक्त टीभी छनोट गर्नु लाभदायक देखिन्छ ।

इनपुट आउटपुट स्लट

एचडी एलईडी टीभीमा श्रव्य तथा दृश्यका लागि एकभन्दा बढी केबल कनेक्शनको सुविधा उपलब्ध गराइएको हुन्छ । त्यसैले, आफ्ना लागि टीभीको छनोट गर्दा त्यसमा आवश्यक सबै इनपुट तथा आउटपुटका स्लटको व्यवस्था रहेकोमा निश्चित हुनुपर्छ । कसैलाई टीभीसहित होमथिएटर जडान गरी मनोरञ्जन लिने रहर हुन सक्छ । त्यसैले, होमथिएटर पुरानो होस् वा नयाँ, यसलाई टीभीमा जडान गर्न स्लटको व्यवस्था हुनु जरुरी हुन्छ टिभी अन्नपूर्णले समाचार छापेको छ । यस्तो स्लट जाँच गर्दा डिजिटल भिडियो इण्टरफेरेन्स ९डीभीआई०, हाई डेफिनेशन मिडिया इण्टरफेरेन्स (एचडीएमआई) लगायत स्लट भए÷नभएको पनि निश्चित हुनुपर्छ । किनभने, यिनको अभावमा भिडियो गेम खेल्ने तथा ब्लू रे भिडियोलगायतको मज्जा लिनबाट वञ्चित हुनुपर्ने सम्भावना हुन्छ ।

वारेण्टी सुविधा

एचडी एलईडी टीभी खरीदका लागि तुलनात्मक रूपमा केही बढी खर्च गर्नुपर्ने हुन्छ । त्यसैले, सर्वा्धिक वारेण्टी अवधिसहितको टीभी छनोट गर्नु बुद्धिमानी हुन्छ । खरीद गर्न लागेको टीभीबारे आफ्ना जिज्ञासा विक्रेताका सामु राख्न हिच्किचाउनु हुन्न । विक्रेताले विक्री गर्ने क्रममा टीभीको सञ्चालन प्रक्रियाबारे दिने डेमोन्ष्ट्रेशन (प्रस्तुति वा नमूना) मा विशेष ध्यान दिनु आवश्यक छ । यसैको सहायतामा टीभीको छनोट तथा खरीद निर्णय गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्