चौध बुँदे घोषणापत्र जारी गर्दै , एनआरएन विश्वसम्मेलन सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८औं विश्व सम्मेलन सम्पन्न भएको छ। नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा काठमाडौँमा असोज २८ बाट शूरु भएको सम्मेलन चौध बुँदे घोषणापत्र जारी सम्पन्न भएको हो।

सम्मेलनको सपापन समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले त्यसको लागि उपर्युक्त ऐन तथा नियम निर्माण गरी लगानी मैत्री वातावरण निर्माण गर्ने विश्वाश दिलाउनुभयो। सम्मेलनमा सरकारका उच्च पदाधीकारी, नीजि क्षेत्रका व्यवसायी, संरक्षक तथा पदाधिकारी एवम् ५५ देशका १ हजार ८ सय ९९ जना गैरआवासीय नेपाली प्रतिनिधिको उपस्थिति रहेको थियो।८औं सम्मेलनले नयाँ कार्यसमिति सदस्य चयन गर्नुको साथै पुर्वअध्यक्ष शेष घलेको भिजन २०२० एन्ड वियोन्ड नामको संघको आगामी मार्गचित्र पारित गरेको थियो।

संघले जारी गरेको घोषणापत्रले नेपालको जलविद्युत, पर्यटन, बैंकिंग, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि प्रणाली र सञ्चार लगायतका क्षेत्रमा लगानी गर्न सबै गैरआवासीय नेपालीमा हार्दिक आग्रह गरेको छ। त्यस्तै सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, दिगो विकासका लक्ष्य पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्नेसमेत विकास लक्ष्यसँग सम्बन्धित रणनीतिमा सहयोग गर्ने प्रतिवद्धता गरेको छ। त्यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पाएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि सहयोग जारी राख्ने प्रतिवद्धतालगायत घोषणापत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्