जगदम्बा सिमेन्टले उत्पादन क्षमता बढाउने



 

काठमाडौं, (नेस)
जगदम्बा सिमेन्टले उत्पादन क्षमता दोब्बर बनाउने भएको छ। उद्योगको सिमेन्ट उत्पादन क्षमता छिट्टै दैनिक ५२ हजार बोरा बनाउने भएको छ।

अहिले उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ।कम्पनीका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले उद्योगको उत्पादन क्षमता छिट्टै दोब्बर हुने बताउनुभयो। कम्पनीका च्यानल पार्टनरलाई सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो। उनले विश्वस्तरीय प्रविधिमार्फत सिमेन्ट उत्पादन गरिरहेको बताउँदै वीरगञ्जबाट उत्पादन हुने ओपीसी र पीएसी सिमेन्ट अझै गुणस्तरीय हुने दाबी गर्नुभयो।

जगदम्बाको तेस्रो उद्योग रूपन्देहीमा स्थापना भइरहेको बताउँदै उहाँले त्यसबाट दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सबै गरेर जगदम्बाले दैनिक १ लाख १२ हजार बोरा सिमेन्ट उत्पादन गर्नेछ ।

कम्पनीले दुई सयभन्दा बढी च्यानल पार्टनरलाई सम्मान गरेको छ। कम्पनीका अध्यक्ष शंकरलाल अग्रवाल, प्रबन्ध निर्देशक न्यौपाने र कार्यकारी निर्देशक राजेश अग्रवालले ती पार्टनरलाई सम्मान गर्नुभएको हो। कम्पनीका ६ सयभन्दा बढी च्यानल पार्टनर छन् भने १० भन्दा बढी सिमेन्टका ब्रान्ड छन्। कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोबाइल एपमार्फत् उपभोक्तालाई सहज र सर्वसुलभ रूपमा घर निर्माणका बारेमा जानकारी दिन थालेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्