छलाङपछि नेप्सेमा करेक्सन



 

काठमाडौं, (नेस)
आइतबार ४६ दशमलव ५९ अंकले बढेको नेप्से परिसूचकमा सोमबार ५ दशमलव ७२ अंकको करेक्सन देखिएको छ। यससँगै गत साताको अन्तिम ३ दिनदेखि सम्हालिएको बजारमा थालेको बजारमा मंगलबार गिरावट आएसँगै बढ्ने क्रममा पुर्णबिराम लागेको हो।

शेयर बजारमा सोमबार ठूलो अंकको सुधार आए पनि मंगलबार भने सकात्मक रहन सकेन। मंगलबार १ हजार ५ सय ६४ दशमलव ८७ अंकबाट शूरु भएको बजार १ हजार ५ सय ५९ दशमलव १८ अंकमा पुगेर रोकिएको हो। साताको तेस्रो दिन पहिलो १५ मिनेट स्थिर रहे पनि त्यसपछि ओरालो लाग्न थालेको थियो। तर, १ घण्टा नपुग्दै बजार सम्हालिन थालेको थियो। तर त्यो साढे १२ भन्दा बढी टिक्न सकेन। अन्ततः बजार १ हजार ५ सय ५९ दशमलव १८ अंकमा पुगेर रोकिएको हो।
परिसूचक घटे पनि मंगलबार कारोबार रकममा भने खासै अन्तर देखिएन। मंगलबार बजारमा ६१ करोड २० लाख ९२ हजार ४ सय ५१ रुपियाँको कारोबार भयो। यसक्रममा १ सय ६२ कम्पनीका १४ लाख १३ हजार ४ सय ४६ कित्ता शेयर किनबेच भए। सोमबार बजारमा ६१ करोड ५० लाख ३६ हजार ७ सय ४३ रुपियाँको कारोबार भएको थियो।
नेप्से परिसूचक बढ्दा मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य ७ अंकले बढेर ३ सय २८ दशमलव ३४ अंकमा पुगेको छ। आइतबार कारोबारमा आएका ३ समूहमध्ये ३ समूहमा मात्र सुधार आयो।

बढ्नेमा ट्रेडिङ समूह सर्वाधिक १ दशमलव १९ प्रतिशतले बढ्यो। घट्नेमा साताका अघिल्ला दिन कारोबारमा नआएको उत्पादनमूलक समूह सबैभन्दा धेरै शून्य दशमलव ६५ अंकले घट्यो।

प्रतिक्रिया दिनुहोस्