काँतर को भयो त ओलीज्यू ?



नेताहरूलाई होस पुर्याएर बोल्न धरहराले धेरै पहिलादेखि सुझाव दिँदै आइरहेको छ। तैपनि केही नेताहरू बोल्न पायो भन्दैमा होसै नपुर्याईकन बोल्ने गर्नुहुन्छ। हाम्रा कमरेड केपी शर्मा ओलीले पनि त्यस्तै गर्नुभयो।
गत वैशाखमा राजधानीबाट प्रकाशित एक साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा कमरेड ओलीले ‘काँतरले मात्र माओवादीसँग सहकार्य गर्छ’ भनेर भन्नुभॉको धरहरालाई राम्ररी याद छ। आसन्न चुनावका लागि एमालेले माओवादीसँग चुनावी तालमेल गरेको छ। माओवादीसँग सहकार्य गर्नेलाई काँतर देख्ने ओलीज्यूले किन माओवादीसँगै तालमेल गर्नुभयो? धरहरालाई अचम्म लागेको कुरा यही हो। अच्चम लागेसँगै एउटा प्रश्न तेर्साउन मनलाग्यो– काँतर को भयो त ओलीज्यू?

प्रतिक्रिया दिनुहोस्