एनआरएनएमा पनि कांग्रेसले हार्यो, एमाले र माओबादीको समर्थन पाएका भट्ट भारीमतले विजयी



काठमाडौँ । स्थानिय तहको निर्वाचनमा नराम्ररी पछारीएको कांग्रेसले गैरआवसीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा पनि हार खानु परेको छ । अध्यक्ष पदमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समर्थन गरेका भवन भट्ट भारी मतले विजयी भएका हुन् । दुर्इवर्षे कार्यकालका लागि भएको निर्वाचनमा भट्टले प्रतिस्पर्धी नेपाली कांग्रेसकाे समर्थन पाएकी जमुना गुरूङ घलेलार्इ पराजित गरेका हुन्

मंगलबार बिहान अढार्इ बजे सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई करबि ५ सय मतले हराउँदै भट्ट अध्यक्षमा विजयी भएका हुन् ।

भट्टले मत ११९७ मत ल्याएका छन् । यो भनेको कुल मतको करिब ६० प्रतिशत पनि हो । नयाँ अध्यक्षमा तीनजना मैदानमा थिए । तर निर्वाचनको केही घन्टाअघि टीवी कार्कीले उम्मेदवारी फिर्ता लिएका थिए । कार्कीले उम्मेदवारी फिर्ता लिने क्रममा कसैको पनि पक्षमा नलाग्ने बताएपछि भट्टलार्इ सहज भएको थियो ।

कार्कीले उम्मेदवारी फिर्ता लिनुअघि जमुनालार्इ मनाउने कोशिश भएको थियो । तर सहमति नजुटेपछि साँझ सवा पाँच बजेदेखि मतदान सुरू भएको थियो । विद्युतीय भोटिङ मेशीनमा गडबडी हुँदा मतदान प्रक्रिया लम्बिएको थियो ।

सन् २००३ सालमा स्थपित संस्था यो सम्मेलनमा जम्मा १८५४ जना मतदाता थिए । विद्युतीय भोटिङ मेशिन प्रयोग भएकाले मत बदर हुन पाएन । यो पटक भट्टलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेले सघाएका थिए ।

सम्मेलनबाट सुरूमा अध्यक्षमा प्रतिस्पर्धा गर्न खोजेका कुमार पन्त र कुल आचार्य खुल्ला उपाध्यक्षमा विजयी भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा सपिला राजभण्डारीले बाजी मारिन् । महासचिवमा बद्री केसी विजयी हुँदा सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

एनआरएनएका संस्थापका अध्यक्ष डा।उपेन्द्र महतो हुन्। महतोले जिम्मेवारी हस्तान्तरण गरेपछि एनआरएनएमा देवमान हिराचन, जिवा लामिछाने र शेष घले अध्यक्ष भएका छन् ।
को हुन् भट्ट
अध्यक्षमा निर्वाचित भट्ट गोरखाका हुन् । एनआरएनएमा भट्टले जापानबाट प्रतिनिधित्व गर्छन् । शेष घलेको कार्यकालमा भट्ट उपाध्यक्ष थिए । भट्टले जापानमा एक सय भन्दा धेरै होटल चलाएका छन्।

भट्टको समूहले नेपालमा सञ्चार, हाइड्रो, शिक्षा, पर्यटन र पूर्वाधारसहित २९ वटा कम्पनी चलाइरहेको छ। गोरखाबाट जापान पसेका भट्टले सुरूमा होटलमा भाँडा माझेर यात्रा थालेका थिए । होटलमा भाँडा माझ्दै, त्यहीँबाट सिकेको ज्ञानले उनी उद्यमी बन्न सफल भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्