कण्डम लामो बनाउन सरकारी उर्दी !



आफ्नो देशका पुरुषहरुका लागि बजारमा उपलब्ध कण्डम छोटो भएपछि सरकारले ठूलो आकारका कण्डम उत्पादन गर्न उत्पादकहरुलाई जरुरी उर्दी जारी गर्नुपरेको छ । दर्जनौँ युवाहरुले बजारमा उपलब्ध कण्डमहरु आफ्नो लिंगका लागि निकै छोटो भएको भन्दै सांसदहरुसँग गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो ।
यो हाम्रो देशको समाचार भने होइन, यो युगाण्डाको खबर हो । कण्डमको आकार सानो हुँदा सम्भोगका बेला दबाब बढ्ने र कण्डम फुट्ने गरेको गुनासो युवाहरुमा रहेको छ । युगाण्डामा एचआइभीका कारण वर्षेनी ८० हजार जनाले ज्यान गुमाउँछन् । एचआइभी बाट बचावटको लागि प्रयोग गर्ने कण्डम समेत निकै छोटो भएपछि युवाहरुले आफुहरु मर्कामा परेको र एड्सको जोखिम बढेको गुनासो गरेका थिए । सांसद मिरार्ड बितेकेरेजोका अनुसार कतिपय युवाले आफ्नो यौनांगमा कण्डम नै नछिर्ने गुनासो गरेका छन् । अर्का सांसद टोम अजाका अनुसार केही युवामा भने सम्भोगका बेला बढि दबाब पर्ने र कण्डम फुट्ने समस्या छ । विश्वमा बन्ने कण्डमहरुको औषत आकार ६.९ देखि ८.५ इन्च हुन्छ । सबैभन्दा ठूलो आकारको कण्डम भने ९.२५ इन्चसम्म हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्