दैनिक ५० हजारभन्दा बढी कमाउछन समलिंगी यौनकर्मी



दुनियामा धनी बन्ने चाहना सबैको हुन्छ र यो चाहना पूरा गर्न धेरैले धेरै थरि बाटो अपनाउँछन् । एकजना समलिंगी यौनकर्मीले आफुलाई बेलायतको सबैभन्दा बढि कमाउने यौनकर्मी बनाउन सफल भएका मात्र छैनन् उनको वर्षको सबै कमाइ जोड्ने हो भने बेलायतका प्रधानमन्त्रीको तलब भन्दा बढि हुन्छ । लण्डनका बासिन्दा जोश ब्रान्डन बेलायतका सबैभन्दा महंगा यौनकर्मी हुन् । उनले एक रातको ४ हजार पाउण्ड अर्थात् ६ लाख ६० हजार रुपैयाँ भन्दा बढि कमाउँछन् । यो हिसाबले उनको एक वर्षको कमाइ ३ लाख ६० हजार पाउण्ड अर्थात् ५ करोड ९४ लाख नेपाली रुपैयाँ भन्दा बढि हुन्छ । जबकी बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको वाषिर्क कमाई १ लाख ४२ हजार ५ सय पाउण्ड छ । हुनत यतिधेरै कमाई भएर पनि उनलाई सन्तोष भने छैन । आफुले यौन उद्योगलाई वैध व्यवसायको रुपमा स्थापित गर्न चाहेको उनको भनाइ छ । आफुले आफुलाई वेश्या भन्न नरुचाउने भन्दै उनले आफुले आफ्ना सबै ग्राहकसँग सम्भोग नगर्ने उनी बताउँछन् । यौनकर्मीलाई वेश्या भन्ने गलत आक्षेप लगाइने गरिएकोमा उनको चित्त दुखाइ छ । निकै सेक्सी देखिने २३ वर्षीय जोशका लागि रातको यौन कर्म अरु मानिसको ९–५ बजेको जागिर जस्तै सरल लाग्छ । आफ्नो करिअर पनि यौन व्यवसाय नै रहेको उनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्