११औं गोदावरी पुष्प प्रदर्शनी सम्पन्न



 

काठमाडौं, (नेस)
चार दिनदेखि चलेको ११औं गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी आइतबार सम्पन्न भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गत २६ गतेदेखि शुरू भएको उक्त मेलामा ३७ हजारभन्दा बढीले अवलोकन गरेका र मेलामा ५२ लाखभन्दा बढीको कारोबार भएको मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिनुभयो।

मेलामा व्यावसायिक स्टलहरू ४४ वटा, सूचनामुलक स्टल ३ वटा, प्रतिस्पर्धात्मक ३ वटा गरी जम्मा ५० वटा स्टल राखिएका थिए। नेपालमा सन् १९५० बाट सामान्य स्तरबाट शुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यावसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढीलगायतका ठाउँमा फैलिदै गएको छ।

प्रतिक्रिया दिनुहोस्