काल्र्सबर्ग गल्फ सिरिज्को सुरुवात



 

काठमाडौं, (नेस)
देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज् काल्र्सबर्ग गल्फ सिरिज् २०१७ को सुरुवात भव्यरूपमा भएको छ। तीन सिरिज्मध्य दोस्रो सिरिजमा देशका प्रमुख उदयमान गल्फरहरूबीच कडा प्रतिस्पर्धा हुँदैछन्। पहिलो सिरिज गत वैसाख २३ गते भएको थियो। यसको तेस्रो तथा अन्तिम सिरिज आगामी केहि महिनामा हुनेछ। आफ्नो होम क्लबहरूको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरूलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको छ। यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको छ।

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडी तथा उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडिहरूले अंक प्राप्त गर्नेछन्। तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडिले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ। यसै गरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरूलाई पुरस्कार वितरण गरिनेछ।

गोर्खा बु्रअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बताए— “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरूलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ। फेरि एक पटक यो प्रिमियम गल्फ इभेन्टको आयोजन गर्न पाउँदा हामी गौरवान्वित छौं। यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं।”

दीपक आचार्य, गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशकका अनुसार, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरूका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो। गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ।”

प्रतिक्रिया दिनुहोस्