जोरखानेमा नेपाल तेश्रो



 

 

काठमाडौं, (नेस)
नेपाल प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगितामा शनिबार तेश्रो भएको छ। नेपाल ५८ अंकसाथ तेश्रो भएको हो। श्रीलंका नेपालसंगै संयुक्त रूपमा तेश्रो भयो।

नेपाल जोरखाने खेलकुद संघद्वारा आयोजित प्रतियोगिता अफ्गानिस्तान १ सय ५६ अंकसहित टिम च्याम्पियन बन्यो। १ सय ३९ अंक बटुलेको बंगलादेश दोश्रो स्थानमा रह्यो।

नेपालबाट जम्मा ७ पुरुष खेलाडीले दुईदिने प्रतियोगितामा सहभागिता जनाएका थिए। सहभागी सबै पदक जित्न सफल भए। सबैले कांस्य हात पारे।

जोरखानेको चाके चामिनीमा रोजित महर्जन, कबाडेहमा राजु महर्जन तथा टिम स्किलमा रोजित, राजु, रोहित महर्जन, रोजन महर्जन र कुन्दन साह तुराहाले नेपाललाई कांस्य दिलाए।कुन्दन र रोजनले दोहोरो पदक जिते। कुस्तीको ५०–६० कुन्दन र ६०–७० रोजनले कांस्य हात पारे। कुस्तीकै ८०–९० केजीमा मुकेशकुमार ठाकुर तथा ९० केजीमाथि सुमिर साहले कांस्य जिते। प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ५६ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्