सलमानको यौन प्रस्ताव ठाडै अस्वीकार गरेकी कंगनाले रणवीरलाई प्रस्ताव राखेपछि हंगामा



मुम्बइ। रणवीर कपुरलाई यौन प्रस्ताव गरेको खुलासासँगै चर्चामा रहेकी हिरोइन कंगना रनोटको अर्को रहस्य पनि बाहिरिएको छ । उनले सलमानको प्रस्ताव अस्वीकार गर्दा सलमानले उनलाई गाली गरेको अर्को इमेलमा खुलासा भएको छ ।

कंगनाले ऋतिकलाई पठाएको भनिएको इमेलमा यस्तो खुलासा भएको हो । इमेलमा कंगनाले सलमान पनि आफूसँग नजिकिन चाहेको खुलासा गरेकी थिइन् । उनले सलमानले आफूसँग नजिकिनको लागि आफूलाई फिल्मको समेत अफर गरेको र आफूले नमान्दा सलमानले गाली गरेको बताएकी उिनले सलमानले आफूसँग नजिकिनको लागि आफूलाई फिल्मको समेत अफर गरेको र आफूले नमान्दा सलमानले गाली गरेको बताएकी छिन् ।

इमेलमा भनिएअनुसार सलमानले कंगनालाई फिल्म बजरंगी भाइजानमा करिना कपुरले गरेको रोल अफर गरेका थिए । तर कंगनाले यो रोल आफ्नो लागि ठिक नभएको भन्दै अस्वीकार गरेकी थिइन् ।

सलमानले आफूलाई मजाकको पात्र बनाउन खोजेको तर आफूले ‘मलाई सलमान खान वा कटरिना कैफ बन्नू छैन’ भनेपछि सलमानले आफूलाई गाली गरेको इमेलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्