८३ रनले हङकङसँग नेपाल पराजित



काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेपाललाई ८३ रनले पराजित गरेको छ । मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको हो ।

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि कप्तान पारस खड्काले २६ रन जोडे। त्यसपछि ज्ञानेन्द्र मल्लले २१ र अरिफ शेखले २३ रन मात्रै जोडे । विनोद भण्डारीले १८ र सोमपाल कामीले केबल ११ रन जोडेका छन् । नेपाललाई पराजित गर्ने क्रममा हङकङका लागि इशान खानले ५ र ऐजाज खानले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि ओपनर अंशुमन रनबिनै  पेविलियन फर्किएका थिए । घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेले । जेमीले एटकिनसनले १ सय १७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए । हङकङका लागि तानवीर अफजलले ३८, कप्तान बाबर हायतले २९, इशान नवाज १६ ,वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २-२ र सुशन भारीले एक विकेट लिएका छन । जारी खेलमा अहिले नेपाल जवाफी ब्याटिङ गरिरहेको छ ।

छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई हङकङमाथि पनि जित निकाल्नुपर्ने थियो । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्