मोनालिसाको नाङ्गो तस्वीर भेटियो !



लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको मन्द मुस्कानवाला तस्वीर हामी सबैले देखेकै छौँ । यो तस्वीरमा मोनालिसाको हाँसाको रहस्य पत्ता लगाउनै रस्साकस्सी भैरहेको बेला मोनालिसाको अर्को तस्वीरको रहसय फेला परेको छ । हालै फ्रान्सको पेरिसमा उनै मोनालिसाको निर्वस्त्र स्केच तस्वीर पत्ता लागेको छ ।

कोइलाको सहायताले तयार पारिएको उक्त महिलाको निर्वस्त्र स्केच समेत लियोनार्दोदा भिन्चीले बनाएको र मोनालिसाकै भएको दाबी खोजकर्ताहरुले गरेका छन् ।

यो स्केच फ्रान्सको कोन्डे म्युजियममा सन् १८६२ देखि राखिँदै आएको छ । उक्त स्केचको हालै पेरिसस्थित लाउभ्रे म्युजियममा परीक्षण गरिएको थियो ।

खोजकर्ताहरुका अनुसार लियोनार्दोले मोनालिसाको चर्चित तैलचित्र बनाउनु अगाडि तयारीस्वरुप उक्त निर्वस्त्र स्केच तयार पारेका हुनसक्छन् ।

मोनालिसाको तैलचित्र र यो स्केचबीच तुलना गर्दा सरीर र हात दुरुस्तै देखिन्छन् । साथै साइज पनि बराबरी छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्