राजधानी दिपायल हुनु पर्ने माग गर्दै राष्ट्रपति लाई ग्यापनपत्र



विमल विष्ट, डोटी । सम्माननिय राष्ट्रपति बिद्यादेबी भण्डारीलाई ग्यापन पत्र बुझाईएको छ । सुदूरपश्चिमको राजधानी दिपायल कायम गराउन पहल गरिदिन माग गर्दै दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले राष्ट्रपति भण्डारीलाई ग्यापन पत्र पेश गर्नु भएको हो ।

दुई दिने सुदूरपश्चिम भ्रमणमा आउनु भएकी राष्ट्रपति भण्डारीलाई डोटीको सिलगढीमा बिहिबार भएको एक कार्यक्रममा मेयर मलासीले राजधानी दिपायल कायम गराउन पहल गरिदिन भन्दै ग्यापनपत्र पेश गर्नु भएको हो । बिहिबार राष्ट्रपति भण्डारी सुदूरपचिमको पर्यटकिय स्थल खप्तडमा गई पुजा आजा गर्नुका साथै त्यहाँ बाट फर्कियर डोटी स्थित शैलेस्वरी मन्दिरमा समेत पुजा गर्नु भएको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमणमा सुदूरपश्चिम पृतनापती उपरथी दिपकप्रशाद भारती पनि सहभागी हुनु हुन्छ ।
उक्त ग्यापन पत्रमा राणाकालिन चार गौणा मध्येको डोटी गौणाको प्रशासनिक केन्द्र रहेको, साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको, पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, विमानस्थल रहेको, सामरिक महत्व एवं सुरक्षाका दृष्टिले उपयुक्त रहेको, भौगोलिक मध्येभाग रहेको, उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय र प्रदेश स्तरीय प्रहरी हेडक्वाटर कायम भईसकेको आधारमा पनि दिपायलमै राजधानी तोकिनुपर्ने उल्लेख गरिएको छ । उक्त ग्यापन पत्र बुझनु हुदै सम्माननिय राष्ट्रपति बिद्यादेबी भण्डारीले यस बिषयमा म काठमाण्डौमा गएर कुरा गर्ने आस्वासन दिनु भएको मेयर मञ्जु मलासीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्