भूमिसुधार कार्यालयका अधिकृत एक लाख घुससहित पक्राउ



राजविराज । सप्तरीको राजविराजस्थित भूमिसुधार कार्यालयका भूमिसुधार अधिकृत प्रकाश पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले पोखरेललाई सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका पोखरेलमाथि विशेष अनुसन्धानका लागि आयोगको सम्पर्क कार्यालय इटहरी लगिने तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीका एसपी किसनसिंह थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्