देउसी भैलो १० बजे सम्म मात्रै !



काठमाडौ । सुरक्षाको कारण देखाउँदै गृहमन्त्रालयले तिहारमा बेलुका १० बजेसम्म मात्र देउसी–भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्नै गृहले यस्तो अनुरोध गरेको हो ।

अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी बेलुका १० बजेसम्म मात्र देउसी–भैलो खेल्न आग्र्रह गरिएको गृहको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, तिहार तथा छठमा पटका पड्काउन समेत गृहले रोक लगाएको छ । भुइँचम्पा, पटाका र आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधरण जनताको स्वास्थ्य र सुरक्षमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता गविविधिमा रोक लगाइएको गृह मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ ।

प्रहरीले पनि पटाका नियन्त्रणका लागि विशेष चेकिङ सुरु गरेको छ । दसैँ, तिहार तथा छठ सुरक्षा योजनाअन्तर्गत पटाका नियन्त्रणका लागि नाकाहरूमा निगरानी बढाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्