कांग्रेसबाट जितेका गाउँपालिका अध्यक्षको घरमा जुवाको अखडा



काठमाडौं । दाङको शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा संचालन हुने गरेको रहस्य खुलेको छ ।

जुवा सञ्चालन भैरहेको सुचना पाएपछि प्रहरीले छापा मार्दा शान्तीनगर २ बाघमारे स्थित गाउँपालीका अध्यक्ष डाँगीको घरमा जुवा खेलिरहेका ९ जना लाई प्रहरीले पक्राउ गरेपछी यस्तो रहस्य खुलेको हो ।

डाँगीको घरमा छापा मार्दा राकेश डाँगी,गोविन्द बस्नेत , हर्कबहादुर विष्ट,मिनबहादुर खड्का, विरबहादुर विष्ट,राम चौधरी,रत्नबहादुर विष्ट,कर्णबहादुर परियार र डिल्ली बहादुर वली कौडा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिदिएका छन ।पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ । गाउपालीका अध्यक्ष डागी असार १४ भएको स्थानीय तहको चुनावमा काग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्