राष्ट्रपति सुदूरपश्चिम भ्रमणमा,आज मन्दिरमा पुजा आजा गर्ने कार्यक्रम



विमल विष्ट,डोटी ।
सम्माननिय राष्ट्रपति बिद्यादेबी भण्डारी दुई दिने सुदूरपश्चिम भ्रमणमा आउनु भएको छ । राष्ट्रपति भण्डारी बुधबार दिपायल आईपुग्नु भएको हो ।

आज बिहिबार राष्ट्रपति भण्डारी सुदूरपचिमको पर्यटकिय स्थल खप्तडमा गई पुजा आजा गर्ने तथा त्यहाँ बाट फर्किएर डोटी स्थित शैलेस्वरी मन्दिरमा पुजा आजा गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ ।

राष्ट्रपति भण्डारी सुदूरपश्चिमका नौ वटै जिल्लामा पुगेर काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी दिपायल आईपुग्नु भएपछि यहाँको बजारमा शुरक्षा ब्यबस्था निकै कडा पारिएको छ । यहाँका बिभिन्न ठाउमा शुरक्षाकर्मिहरुको बाक्लो उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्