विश्वका नामुक खतरनाक तानाशाहको कुण्डली !



काठमाडौं । विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ । केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे । तानाशाहरुले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए । आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।
सपरमुरात नियाजोव

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाहा थिए । उसने एक किताव लेखेका थिए जसको नाम थियो रुह्नमा । यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो । यो पुस्तक एक धार्मिक प्रोपोगाण्डाको रुपमा लेखिएको थियो । उनले यो कितावलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।
मुअमम्मर गद्दाफी

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोण्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका थिए । राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएका दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।

निकोलाई चाऊशेस्कू

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डरलागि रहन्थ्यो की आफ्नो हत्या हुने छ । उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुेन शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीमा पु-याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।
इदी अमीन

युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रीकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिड्थे । इदिस अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।

किम इल सुंग

यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ? आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल संगको बानी बहुतै अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे ।
यतिमात्र होइन उनले गीत लेखेका थिए । उक्त गीत उत्तर कोरियाले स्पेस स्टेशनमा बजाउँथ्यो । जसको उदेश्य किमको महानताको गीत एलियन पनि सुन्न सकुन् भन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्