सुरक्षाको चासो



 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि देशभर सुरक्षाका बारेमा विभिन्न कोणबाट टीकाटिप्पणी हुन थालेको छ। नहोस् पनि किन राजधानीजस्तो ठाउँमा दिन दहाडै गोली ठोकेर हत्या गरियो।

ठेकेदारहरू लगलग काप्न थाले। उनीहरूले शान्तिसुरक्षाको माग गर्दै प्रहरी प्रमुखदेखि गृहमन्त्रीसम्मलाई शान्तिसुरक्षा उपलब्ध गराइदिन आग्रह गरिरहेको खबर धरहराले सुन्दै आएको हो। प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गर्न भन्दै मंगलबार एउटा समिति बनाएको घोषणा गर्यो। प्रधान कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा एक जना डीआईजीको अध्यक्षतामा अनुसन्धान टोली गठन गरिएको उल्लेख छ। ती डीआईजी को हुन् भनेर प्रधान कार्यालयले खुलाउन चाहेन। कारण के रहेछ भनेर धरहराले बुझ्दै गएको कारण त अर्कै पो रहेछ।

पाठकवृन्द⁄ कारण सुन्नुभयो भने तपाईं पेट मिचिमिची हास्नुहुन्छ। दिन दहाडै हत्यामा संलग्न अपराधीहरूले प्रहरीलाई फोन गरेर हत्या आफूले गरेको जानकारी गराएपछि अनुसन्धान गर्ने डीआईजीको नाम सार्वजनिक गर्यो भने धम्की दिने डरले पो नाम गोप्य राखेको रहेछ। योभन्दा लज्जाको विषय के होला त खै ?

प्रतिक्रिया दिनुहोस्