विश्वका तीस उत्कृष्ट फुटबल खेलाडीको नाम सार्वजनिक, को को परे ?



काठमाडौं । वर्षको सवोत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष दिइने प्रतिष्ठित बोलोन डी’ओर अवार्डका लागि प्रारम्भिक उत्कृष्ट ३० खेलाडीको मनोनयन  सार्वजनिक गरिएको छ।

फ्रेन्च फुटबलले प्रदान गर्ने यस अवार्डमा टोट्नह्यामका स्ट्राइकर ह्यारी केनले क्रिस्टियानो रोनाल्डो, नेमार, लिओनल मेस्सी सम्मेलित मनोनयनको सुचीमा स्थान बनाएका छन्।

अवार्डका लागि प्रिमियर लिगबाट परेका ७ खेलाडीमध्ये फिलिप्पे काउटिन्हो, साडियो माने, इडन हजार्ड, डेभिड डि गिया लगायत छन्। अघिल्लो वर्ष मनोनयनको छैठौं स्थानमा रहेका गेरार्थ बेल भने यसपटक सुचीमा अटाएनन्।

हालसम्म बोलोन डी’ ओर मेस्सी र रोनाल्डो मध्ये एकजनाले जित्दै आएका छन्। हालसम्म मेस्सीले पाँच तथा रोनाल्डोले चारपटक यो अवार्ड जितेका छन्। फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डको उत्कृष्ट तीस भित्र अटाउन सफल खेलाडीहरु यस्ता छन्

लियोनल मेस्सी बार्सिलोना र अर्जे्न्टिना, क्रिस्टियानो रोनाल्डो रियल मड्रिड र पोर्चुगल, नेइमार पिएसजी र ब्राजिल, केलियन म्बाप्पे पिएसजी र फ्रान्स, पिएर एमरिक बोरुसिया डर्टमुण्ड, करिम बेन्जिमा रियल मड्रिड, लियोनार्डो कोनुकी एसी मिलान र इटाली, जियानलुइजी बुफोन युभेन्टस र इटाली, एडिसन काभानी पिएसजी र उरुग्वे, फिलिप कोन्टिन्हो लिभरपुल र ब्राजिल, केविन डी ब्राउन म्यानचेस्टर सिटी र बेल्जियम, डेविड डी जिया म्यानचेस्टर युनाइटेड र स्पेन, पाउलो डिबाल युभेन्टस र अर्जे्न्टिना, एडिन डिजेको रोमा र बोसनिया हर्जगोभिना, राडामेल फालकाओ मोनाको र कोलम्बिया, एन्टोनी ग्रिजम्यान एथ्लेटिको मड्रिड र फ्रान्स, इडन हजार्ड चेल्सी र बेल्जियम, म्याट्स हमेल्स बार्यन म्युनिख र जर्मनी, इस्को रियल मड्रिड र स्पेन, ह्यारी केन टोटनह्याम र इंग्ल्याण्ड, एन’गोलो कान्टे चेल्सी र फ्रान्स, टोनी क्रस रियल मड्रिड र जर्मनी, रोबर्ट लेवान्डोस्की बार्यन म्युनिख र पोल्याण्ड, साडिओ माने लिभरपुल र सेनेगल, मार्सेलो रियल मड्रिड र ब्राजिल, ड्रिएस मेर्टेन्स नापोली र बेल्जियम, लुका मोड्रिक रियल मड्रिड र क्रोएसिया, ज्यान ओब्लाक एथ्लेटिको मड्रिड र स्लोभेनिया रहेका छन् ।
–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्