सुरक्षा चिन्ता



राजधानीको घनाबस्ती र धेरै चल्तीको सडक भएको बानेश्वरमा हिजो गाडीमा सवार एक व्यक्तिमाथि दिनदहाडै गोली प्रहार गरेर आपराधिक समूह भाग्न सफल भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि भएको यो नृशंस हत्यालाई हेर्दा अब राजधानीमा कोही पनि सुरक्षित नभएको स्पष्ट भएको छ । यस घटनाले राजधानीवासी त्रसित मात्र नभई आप्mनो जीउ–धनको सुरक्षा कसरी गर्ने भन्नेमा समेत चिन्तित देखिएका छन् ।

भर्खरै विनाहिंसा तराईमा सम्पन्न चुनावलाई लिएर वाहवाही कमाएको महिना दिन बित्न नपाउँदै घटेको यस घटनाले सुरक्षा संयन्त्रमाथिको क्षमतामा फेरि एकपटक प्रश्नचिह्न खडा गरेको छ । रातदिन सुरक्षाको कुरामा गम्भीर हुनुपर्ने देशका प्रधानमन्त्रीले गृहमन्त्री फेर्ने कसरत गरिरहेकै दिनमा यो घटना हुनु अर्को दुर्भाग्यपूर्ण भएको छ । बहालवाला गृहमन्त्री सरकारमा रहेर पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नमै व्यस्त रहेपछि राजधानीमा यस्तो घटना हुन स्वाभाविक भयो ।

दश वर्षको जनयुद्ध, राजनीतिक नेताहरूबाट पालित–पोषित गुन्डाहरूको आक्रान्तबाट आजित नेपाली जनताको सुरक्षाका लागि कहिल्यै पनि गम्भीर नभई सधैँ कुर्सीकै लागि लडिरहने कथित नेताहरूका विरुद्ध नेपाली जनता जाग्न अब ढिलो गर्नुहुँदैन । आज फलानो मरेको त हो नि भनेर चुप लाग्यौं भने भोलि मर्ने पालो आफ्नै आउन पनि सक्छ भन्ने कुरामा नेपाली जनता समयमै सजग हुनुपर्छ ।

राजधानीको बानेश्वरजस्तो भीडभाड र चहलपहल भइरहने स्थानमा दिनदहाडै हुने यस्तो घटनाको विरोधमा यही राजनीतिक पार्टीले हाँकेका कार्यकर्ताहरू आउनेवाला छैनन् । हामी कुर्सीको खेलमा अल्झिरहेकाले गर्दा राजधानीमै यस्तो दुःखद घट्ना घट्यो भन्दै नैतिकता देखाएर प्रधानमन्त्री–गृहमन्त्रीले राजीनामा दिनेवाला पनि छैनन् ।

उल्टो आप्mनो मान्छे प्रहरी महानिरीक्षक बनाउन नपाएको रिस वर्तमान प्रहरी महानिरीक्षकमाथि पोख्न बेर लगाउँदैनन् यिनीहरू । आप्mनो स्वार्थका लागि राजनीतिक हस्तक्षेप गरेर सुरक्षा संयन्त्रजस्तो संवेदनशील संस्थाहरूलाई पंगु बनाइसकेको परिणाम हो हिजो राजधानीमा घटेको दुःखद घटना । यस्ता घटना पुनः नदोहोरिऊन् । सबैलाई चेतना भया ।

 

ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

प्रतिक्रिया दिनुहोस्