क्राउच गिनेज वल्र्ड रेकर्डस्मा



लन्डन, (एजेन्सी) ।
पिटर क्राउचले २०१८ गिनेज वल्र्ड रेकर्डस् बुकमा आफ्नो नाम सूचित गरेका छन्। स्टोकका ३६ वर्षीय स्ट्राइकरले प्रिमियर लिगमा सबैभन्दा बढी गोल हेडमार्फत् गरेर गिनेज रेकर्डस् बुकमा नाम लेखाउन सफल भएका हुन्।

उनले ब्लेकबर्न र न्युक्यासलका पूर्व स्ट्राइकर एलान सिररभन्दा पाँच गोल बढी हेडबाट गरेका छन्। उनले ५१ गोल हेडकै प्रयोगबाट गरेका हुन्।

क्राउचले ६ विभिन्न क्लबबाट ४ सय ३६ खेलबाट कुल १ सय ५ को संख्यामा प्रिमियर लिग गोल गरेका छन्। क्राउचले भने– ‘यदि तपाईं सेन्टर फरवार्ड हुन भने तपाईं बक्समा हुनेछ र बलका लागि तयार हुनेछौं।

यही कारणले होला मैले गोल गर्न पनि पाएको छु।’

प्रतिक्रिया दिनुहोस्