नियुक्ति प्रक्रिया अघि बढाऊ



 

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अहिले शिक्षा क्षेत्रमा व्यापक बेथिति देखिएको छ । लोक सेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा प्रा.डा. चन्द्रमणि पौडेललाई सिफारिस गरेको भए पनि शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा फाइल पेस नगरिदिँदा नियुक्ति प्रक्रियासमेत अन्यौलमा परेको छ । मन्त्री श्रेष्ठले आफू बोर्डको अध्यक्ष नियुक्तिको बाधक नभएको पटक–पटक बताउने गर्नुभएको भए पनि उहाँले नै फाइल अगाडि नबढाएको कारण नियुक्ति प्रक्रिया नै अन्यौलमा परेको छ ।

लोक सेवा आयोगले झन्डै डेढ महिनाअघि नै बोर्डको अध्यक्षमा पौडेलको नाम सिफारिस गरेर पठाएको भए पनि मन्त्रालयले नियुक्ति दिने प्रक्रियामा आलटाल गरेका कारण बोर्डका महत्वपूर्ण कामहरू अहिले ठप्प प्रायः भएका छन् । मन्त्री नियुक्तिको बाधक नभएको भन्दै सार्वजनिकरूपमा भाषण गर्दै हिँड्ने तर व्यवहारमा भने कार्यान्वयन नगर्ने मन्त्री श्रेष्ठको दोहोरो चरित्रका कारण समस्या उत्पन्न भएको छ । कतिपय निर्णय अध्यक्षको सहमतिविना गर्न नसकिने कानुनी प्रावधानका कारण महत्वपूर्ण कामसमेत हुन नसक्दा राष्ट्रिय परीक्षा बोर्ड अहिले भूमिकाविहीन भएको छ ।

व्यक्तिगत स्वार्थका कारण कसैले पनि यस्ता संवेदनशील विषयमा खेलबाड गर्नु उचित होइन । नियामक निकायमा बस्ने व्यक्तिले नै व्यक्तिगत स्वार्थलाई हेर्न थालेपछि मुलुकको समग्र अवस्था नै असहिष्णु बन्न सक्छ । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । एउटा स्वतन्त्र निकायले गरेको सिफारिसलाई मन्त्रीको निहित स्वार्थले रोकिनु पक्कै राम्रो विषय होइन र यो हुनु पनि हुँदैन । विभिन्न निकायलाई देखाएर नियुक्ति प्रक्रियालाई पर धकेल्ने काम गर्नु लज्जाको विषय हो । स्वयम् मन्त्रीले आफू नियुक्तिको बाधक नभएको बताउने तर निर्णय गर्ने निकायमा फाइल पेस नगर्ने मन्त्री श्रेष्ठको नियतमाथि प्रश्न उठ्ने गरेको छ । यसले न परीक्षा बोर्डको हित गर्छ, न मन्त्रीको नै ? यसतर्फ सबैको ध्यान जानु जरुरी छ । एउटा संस्थामा हुने नियुक्तिमा यस्ता प्रकारका खेल हुनु राम्रो होइन । यसतर्फ सबै सजग हुनै पर्छ ।

मेषः धननाश, विनाकाममा खर्च, मन चञ्चल, व्यर्थको दौडधुप।
वृषः अन्नलाभ, उपहार–कोसेली प्राप्ति, मिष्ठान्न भोजन, कार्य सफल।
मिथुनः धननाश, छिमेक–साथीभाइसँग विवाद, चोटपटक, रोगको भय।
कर्कटः विविध वस्तु वा सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख।
सिंहः सुख–सन्तोष, कार्य सफल, स्वास्थ्यलाभ, आनन्दको अनुभूति।
कन्याः राज्यबाट भय, प्रतिष्ठामा आघात, व्यापापारमा समस्या।
तुलाः रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, धन हानि।
वृश्चिकः धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना।

धनुः आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, शत्रु विजय।
मकरः शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोगको भय।
कुम्भः उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, विवाद।
मीनः द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मान, सुख–सन्तोष।

प्रतिक्रिया दिनुहोस्