गार्सियाले जितिन् चाइना ओपन



 

सिन्हवा, (एजेन्सी)
फ्रान्सकी कारोलिन गार्सियाले नयाँ विश्व नम्बर एक सिमोना हालेपलाई हराएर चाइना ओपन जितेकी छन्।

वरीयताविहीन खेलाडी गार्सियाले रोमानियाकी हालेपलाई ६–४, ७–६ ले हराएर आइतबार उपाधि जितेकी हुन्। यो उनको लगातार दोस्रो उपाधिसमेत थियो। यसअघि वुहान ओपनमा उपाधि जितेकी गार्सियाले दोस्रो सेटमा ९ वटा ब्रेक प्वाइन्ट बचाएकी थिइन्। यो जितसँगै उनी वरीयतामा आठौं स्थानमा उक्लेकी छिन्। साथै उनी आगामी सिंगापुरमा हुने डब्ल्यूटीए फाइनल टुरका लागि पनि छनोट भइन्। हालेप सेमिफाइनलमा यलेना ओस्टापेन्कोलाई हराएर शनिबार विश्व नम्बर एक खेलाडी बनेकी हुन्।

यसै गरी पुरुष सिंगल्सको उपाधि स्पेनका राफाल नाडालले हात पारेका छन्। अस्ट्रेलियाका निक किर्गियोसलाई ६–२, ६–१ ले सहजै पन्छाएर विश्व नम्बर एक नाडालले उपाधि जिते। उनको यो सिजनमा छैटो उपाधि थियो। यो वर्ष ३१ वर्षीय नाडालले फ्रेन्च र यूएस ओपन गरी दुई ग्रान्डस्लाम उपाधि पनि हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्