हालेप विश्व नम्बर एक बन्ने पक्का



 

लन्डन, (एजेन्सी)
सिमोना हालेप विश्व महिला टेनिसकी २५औं विश्व नम्बर एक खेलाडी बन्ने तय भएको छ। रोमानियाकी हालेप चाइना ओपनको फाइनलमा पुगेपछि विश्व नम्बर एक बन्ने पक्का भएको हो। उनले सेमिफाइनलमा फ्रेन्च ओपन विजेता लात्भियाकी यलेना ओस्टापेन्कोलाई ६–२, ६–४ ले पराजित गरेकी थिइन्।

हालेपले युएस च्याम्पियन गार्बिन मुगुरुजालाई भोलि प्रकासित हुने विश्व वरियताको सूचीमा नम्बर एकबाट हटाउनेछिन्। यस पटक विश्व नम्बर बन्न दुई खेलाडी उम्मेदवारमा थिए। युक्रेनकी स्विटलेनासँगै हालेप नम्बर एकको दाबेदार हुन्। स्विटलेना क्वाटरफाइनलमा कारोलिन गार्सियासँग हारेपछि हालेपलाई विश्व नम्बर एकमा पुग्न चाइना ओपनको फाइनलसम्म पुग्नु पर्ने समीकरण बनेको थियो।

यो वर्षको शुरूआतमै हालेप नम्बर एक खेलाडी बन्न सक्ने थिइन्। तर फ्रेन्च ओपनको फाइनलमा ओस्टापेन्कोसँग हारेर उनको नम्बर एक बन्ने त्यही तुहियो साथै पहिलो ग्रान्डस्लाम उपाधि जित्नबाट पनि बञ्चित भइन्। हालेपको आइतबार हुने फाइनल खेलमा फ्रेन्च खेलाडी गार्सियासँग सामना हुनेछ। गार्सियाले शनिबार भएको सेमिफाइनल खेलमा चेक रिपब्लिककी पेट्रा किटोभालाई ६–३, ७–५ ले पन्छाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्