‘प्रचण्ड’ को प्रचण्ड बोली



 

अंग्रेजीमा एउटा भनाइ छ ‘पोलिटिक्स् ईज डर्टी गेम’ अर्थात् राजनीति एउटा फोहोर खेल हो। यसो हेर्दा हो पनि राजनीतिमा आफनो स्वार्थ र फाइदाको लागि जे पनि गर्छन् जे पनि बोल्छन् मान्छेहरू। यही कुरालाई सावित गरिदिएका छन् माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले। धरहराको दुरवीनले शनिबार राजधानीमा भएको कार्यक्रममको दृश्य कैद गरेको छ। उक्त कार्यक्रममा कमरेड प्रचण्डले बडो फूर्ति गर्दै सहकार्य कांग्रेससँग, कार्यगत एकता एमालेसँग भन्दै आफ्नो भाषण छाँट्दै गरेको धराहराले सुनेको छ। बोल्न पायो भन्दैमा जथाभावी बोल्न त पाइदैन नि कमरेडज्यू। सहकार्य कांग्रेससँग, कार्यगत एकता एमालेसँग भनेको त सीधै बिहे एउटासँग गर्भाधारण अर्कोसँग भन्ने कुराको चरितार्थ भएन र भन्या? होस्मा नभएको मान्छेले बोलेजस्तो बाल्ने कमरेड प्रचण्डजस्तो जिम्मेवार नेतालाई नसुहाउने कुरा हो यो। कुनै बेला चुनाव जित्नकै लागि कांग्रेसजस्तो फरक पृष्ठभूमि र विचारधारा बोक्ने पार्टीसँग तालमेल गर्यो। तर आज त्यही पार्टीलाई धोका दिने शैलीमा एमालेसँग तालमेल गरी फेरि चुनाव जित्ने प्रचण्डको रणनीतिलाई मान्ने पर्छ बा। कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्