कंगनाले रणवीरलाई यौन सम्पर्कको प्रस्ताव राखेपछि



पछिल्लो समय विवादमा रहेकी नायिका कंगना रनोट झनै विवादित भएकी छिन् । हिरो ऋतिक रोशनसँग विवादका कारण चर्चामा रहेकी बेला उनले अर्का हिरो रणवीर कपुरलाई यौन सम्पर्कको प्रस्ताव गरेको खुलासा भएको छ । ऋतिकले कंगनाले पठाएका केही इमेलहरु सार्वजनिक गरेका छन् । ती इमेलमा कंगनाले रणवीरसँग यौन सम्बन्धको लागि प्रस्ताव गरेको उल्लेख छ ।

तर, रणवीरले एकछिनको शारीरिक सम्बन्ध नभइ दीर्घकालीन सम्बन्ध चाहन्थे । कंगनाले यी इमेलमा रणवीरसँगको सम्बन्धको बारेमा खुलासा गरेकी छिन् । कंगनाले पठाएको भनिएका ती इमेलमा उल्लेख भए अनुसार उनको फिल्म क्विन ९२०१४०को सफलताभन्दा पहिले रणवीरले कंगनालाई खासै ध्यान दिँदैनथे तर पछि रणवीरले एउटा स्टुडियोमा क्वीनको फुटेज देखेपछि कंगनाको सम्पर्कमा आए र भिडियो तथा अन्य लिंक शेयर गर्न थाले ।

कंगना न्यूयोर्कमा हुँदा रणवीरसँग उनको म्यासेजमा कुरा भएको उनले उल्लेख गरेकी छिन् । रणवीरले त्यतिबेला न्यूयोर्कमा के चलिरहेको छ भनेर सोधेका थिए । जवाफमा कंगनाले रणवीरसँग ‘के तिमी मसँग शारीरिक सम्बन्ध राख्न इच्छुक छौ भनेर सोधेकी थिइन् । कंगनाले आफू अरु कसैसँग प्रेममा भएको र दीर्घकालीन सम्बन्ध सम्भव नभएको रणवीरलाई भनेकी थिइन् । उनले यही कारण रणवीरलाई शारिरीक सम्बन्धको लागि मात्र सोधेको इमेलमा उल्लेख गरेकी छिन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्